अलिपुरद्वारमा घुसपैठीहरूको खोजीमा डिलीटेड भोटरहरूको घरमा पुगिरहेको छ पुलिस
अलिपुरद्वारमा घुसपैठीहरूको खोजीमा डिलीटेड भोटरहरूको घरमा पुगिरहेको छ पुलिस


अलिपुरद्वार, 04 जुलाई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ-2026 मा घुसपैठको मुद्दा प्रमुख राजनीतिक विषय रहेको थियो। चुनाउ प्रचारको क्रममा प्रधानमन्त्रीदेखि लिएर गृहमन्त्रीसम्मले यस मुद्दालाई उठाएका थिए भने घुसपैठीहरूलाई चिन्हित गरी उनीहरूलाई स्वदेश फर्काउने कुरा गरेका थिए। राज्यमा सरकार गठन भएपछि अब यस दिशामा कारबाही तीव्र भएको देखिँदैछ।

यसै क्रममा अलिपुरद्वार जिल्लामा पुलिसले घुसपैठीहरूलाई खोज्न शुरू गरेको छ जसान्तर्गत एसआईआर प्रक्रियामा भोटर लिस्टबाट नाम हटाइएका मतदाताहरूको घर-घरमा गएर पुलिसले जानकारी जुटाइरहेको छ। पछिल्लो एक सातादेखि नै यो अभियान सञ्चालन भइरहेको भए पनि अहिलेसम्म एकजना पनि घुसपैठीलाई चिन्हित गरिएको छैन।

पुलिस अधिकारीहरूको मान्यता छ, यस प्रक्रियाको माध्यमबाट संदिग्ध मानिसहरूलाई चिन्हित गर्न सम्भव छ। साथै क्षेत्रमा रहेका सुराकीहरूलाई पनि सक्रिय बनाइएको छ जसले संदिग्ध गतिविधिको जानकारी थानासम्म पुऱ्याइरहेको छ।

अलिपुरद्वारका पुलिस अधीक्षक अमित कुमार साहुले बताए, “पुलिस सबै डिलीटेड भोटरहरूको घरमा गइरहेको छैन। केवल ती मानिसहरूको जानकारी लिरहेको छ जसले ट्रिब्यूनलमा आवेदन गरेका छैनन्।”

स्मरण गराइन्छ, एसआईआर प्रक्रिया चुनाउपूर्व एउटा ठूलो मुद्दा भएको थियो। भोटर लिस्टबाट नाम हटाएको विरोधमा राजनीतिक दलहरूले आन्दोलन पनि गरेका थिए। अलिपुरद्वार जिल्लामा लगभग 80 हजार मतदाताहरूको नाम जाँचको घेराभित्र परेको थियो जसमघ्ये 36 हजार नामलाई रद्द गरिएको छ। यीमध्ये केही मानिसहरूले पुनर्विचार गर्नका लागि ट्रिब्यूनलमा आवेदन गरेका थिए।

जिल्ला पुलिसले थाना स्तरमा डिलीटेड भोटरहरूको सूची पठाएको छ र यसै आधारमा जाँच गरिँदैछ। विशेष गरी ती मानिसहरूको जानकारी हासिल गरिँदैछ जसले ट्रिब्यूनलमा अपील गरेको छैन। तिनीहरूको दस्तावेज र नाम हटाइएको कारणको पनि जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande