
जलपाइगढी, 04 जुलाई (हि.स.)। लामो प्रतीक्षा पश्चात अन्ततः राजगञ्ज ब्लकले नयाँ बीडीओ पाएको छ। राज्य सरकारको कर्मिक एवं प्रशासनिक विभागद्वारा जारी अधिसूचनामा यस नियुक्ति बारे जानकारी दिइएको छ। 2023 ब्याचका डब्ल्यूबीसीएस (एग्जीक्यूटिव) अधिकारी शुभङ्कर दासलाई राजगञ्ज ब्लकको नयाँ ब्लक विकास अधिकारी नियुक्त गरिएको छ।
यसअघि शुभङ्कर दास मुर्शिदाबाद जिल्लाको रघुनाथगञ्ज ब्लक दुईमा बीडीओकै पदमा कार्यरत थिए। उल्लेख्य, राजगञ्ज ब्लकको बीडीओको पद पछिल्लो 6 महिनादेखिको खाली थियो जसबाट प्रशासनिक कामकाज प्रभावित भइरहेको थियो।
गत जनवरी महिनामा तत्कालीन बीडीओ प्रशान्त बर्मनविरूद्ध केही गम्भीर आरोप लागेको थियो। स्वर्ण व्यापारी हत्याकाण्डमा उनको नाम जोड़िएकोले प्रसासनिक खेमामा खैलाबैला मचिएको थियो। त्यसपछि भ्रष्टाचार अनि विवादको कराणले उनलाई पदबाट हटाइएको थियो।
तबदेखि नै जोइन्ट बीडीओ सौरभ कान्ति मण्डलले अतिरिक्त प्रभार सम्हालिरहेका थिए। तथापि लामो समयसम्म अतिरिक्त जिम्मेवारीको कारणले सरकारी योजनाहरूको क्रियान्वयन तथा प्रसासनिक कार्यहरूको गति मन्द भएको सिकायत स्थानीय स्तरमा उठिरहेको थियो। अब नयाँ बीडीओको रूपमा शुभङ्कर दासको नियुक्तिबाट मानिसहरूमा नयाँ आशा जागेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा