तामुलपुरमा एपीएससी परीक्षालाई लिएर धारा 163 लागू
तामुलपुरमा एपीएससी परीक्षालाई लिएर धारा 163 लागू


तामुलपुर (असम), 04 जुलाई, (हि.स.)। असम लोक सेवा आयोग (एपीएससी)-को संयुक्त प्रतियोगी (प्रारम्भिक) परीक्षा-2025 लाई शान्तिपूर्ण एवं निष्पक्ष रूपमा आयोजना गर्नको लागि तामुलपुर जिल्ला प्रशासनले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस), 2023 को धारा 163 अन्तर्गत निषेधाज्ञा लागू गरिएको छ।

आदेश अनुसार आइतवार हुन गइरहेकको तामुलपुर उच्चतर माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रको 100 मीटरको घेरामा अनधिकृत व्यक्तिहरूको प्रवेशमाथि रोक रहनेछ। परीक्षार्थीहरूलाई मोबाइल फोन एवं अन्य इलेक्ट्रोनिक उपकरणहरू परीक्षा कक्षमा लैजाने अनुमति दिइनेछैन। साथै अभिभावकहरूलाई अनावश्यक भीड़ भेला नहुने अपील गरिएको छ। परीक्षा समाप्त नहुञ्जेलसम्म यो आदेश प्रभावकारी रहनेछ तथा उल्लङ्घन गर्नेहरूविरूद्ध कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande