तृणमूलको आन्तरिक विवादमाथि दिलीप घोषले गरे कटाक्ष
तृणमूलको आन्तरिक विवादमाथि दिलीप घोषले गरे कटाक्ष


कोलकाता, 04 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसको अस्थायी राज्य कार्यालयलाई लिएर भइरहेको विवादमाथि भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता एवं राज्यका मन्त्री दिलीप घोषले शनिवार तृणमूल कङ्ग्रेसमाथि चर्को प्रहार गरे।

शनिवार बिहान कोलकाताको इको पार्कमा प्रातः भ्रमणावधि पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, पार्टी कार्यालयमा ताला लगाउनु तथा कब्जा गर्ने प्रयास गर्नु गलत हो। उनले भने, घरका मालिकले कसलाई अधिकार दिन्छ, यसलाई बुझ्न आवश्यक ठानिरहेको छैन। आफै ताला लगाइरहेको छ। यो उचित होइन। मेरो मान्यतामा यसको विरोधमा कानूनी कारबाही हुनुपर्छ।

वास्तवमा साइन्स सिटीको छेउमा अवस्थित तृणमूल भवनमा पछिल्लो केही वर्षदेखिको मरम्मतको काम भइहेको छ। त्यसैले केही दिनअघि तृणमूल कङ्ग्रेसको राज्य कार्यालयलाई अस्थायी रूपमा मेट्रोपोलिटन क्षेत्रमा अवस्थित एउटा भवनमा स्थानान्तरण गरिएको थियो। गए शुक्रवार राती पार्टीका एकजना विद्रोही गुटका सदस्यले त्यहाँ पुगेर नयाँ ब्यानर लगाए अनि मुख्य द्वारमा ताला लगाइदिए।त्यसपछि पार्टीका दुईगुटबीच कार्यालयलाई लिएर विवाद चर्कियो।

यस घटनाक्रममाथि प्रतिक्रिया व्यक्त गर्दै दिलीप घोषले भने, पहिला तृणमूलका स्थानीय नेताहरू आपस्तमा कुटपिट तथा बमबाजी गर्थे जसमा सर्वसाधारण मानिसहरूले नोक्सान झेल्नुपर्थ्यो। उनले आरोप लगाए, अब त्यस्तै प्रवृत्ति पार्टीभित्र देखिँदैछ। आफ्नै कार्यालयमा ताला लगाइरहेको छ।

दिलीप घोषले यो पनि आरोप लगाए, सत्तामा हुँदा तृणमूल कङ्ग्रेसले विपक्षी दलहरूका पार्टी कार्यालयहरूमा ताला लगाउँथ्यो। वर्ष 2021-को विधानसबा चुनाउपछि भाजपाका केही पार्टी कार्यालयहरूमा ताला लगाइएको थियो भने अहिले त्यस्तै स्थिति तृणमूल कङ्ग्रेसको आफ्नै कार्यालयमा देख्न पाइँदैछ।

तृणमूल कङ्ग्रेसको वर्तमान स्थितिको तुलना गर्दै दिलीप घोषले फीफा वर्ल्ड कपको उल्लेख पनि गरे। उनले भने, जसरी मजबुत मानिने टीमलाी अपेक्षाकृत कमजोर टीमले चुनौती दिरहेको छ, त्यसरी नै एक समयमा मजबुत मानिने तृणमूल कङ्ग्रेसआज आफ्नै भित्र गुटबाजी र कार्यालय कब्जाको लड़ाईँसित जुझिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande