राज्यपालले 'ड्री पर्व' को बधाई दिए
राज्यपालले 'ड्री पर्व' को बधाई दिए


इटानगर, 04 जुलाई (हि.स.)। अरुणाचल प्रदेशका राज्यपाल, लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) केटी परनाइकले राज्यका मानिसहरू विशेष गरी आपातानी दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई 'ड्री पर्व'- को खुशीको अवसरमा बधाई दिएका छन्। उनले आशा व्यक्त गरे, यो पवित्र पर्वले हरेक घर तथा समुदायमा भरमग्दुर फसल, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा खुशी लिएर आओस्।

आफ्नो सन्देशमा राज्यपालले भने, 'ड्री'-ले आपातानी मानिसहरूको समृद्ध सांस्कृतिक धरोहर, पारम्परिक ज्ञान औ जीवन्त परम्पराहरूलाई दर्शाउँछ। यो समुदायको सबैभन्दा महत्वपूर्ण कृषि पर्वहरूमध्ये एक हो जसलाई अत्यन्त श्रद्धा, सांस्कृतिक गर्व तथा सामूहिक भावनाको साथमा मनाइन्छ। यो पर्वले मानिस, प्रकृति तथा उनीहरूको पारम्परिक खेतीको शैलीबीच गहिरो सम्बन्धलाई दर्शाउँछ।

अनुष्ठान तथा प्रार्थनाहरूको माध्यमबाट समुदायले समयमै वर्षा, फसलहरूलाई कीरा अनि बिमारीदेखि बचाउने, माटोको उब्जाउशक्ति एवं भरमग्दुर फसलको लागि ईश्वरीय आशीर्वाद माग्दछन्। यो देखेर खुशी लाग्छ कि युवा पिँढ़ीले यो परम्परालाई अप्नाइरहेको छ साथैै आफ्ना पूर्खाहरूको धरोहरलाई अगाड़ि बढ़ाइरहेका छन्।

राज्यपालले आफ्नो सन्देशमा कामना गरे, 'दानी-पीलो' ले सबैलाई ज्ञान, सद्भाव औ समृद्धिको आशीर्वाद दिउन् अनि 'ड्री' को भावनाले सबै मानिसहरूमा एकता, करूणा तथा भलाईको बन्धनलाई मजबुत बनाओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande