
गान्तोक, 04 जुलाई (हि.स.)। गत ०३ जुलाई, २०२६ को राति परेकाे मुसलधारे वर्षाका कारण गएको पैह्राेपछि क्षतिको मूल्याङ्कन गर्न, प्रभावित बासिन्दाहरूको तत्काल आवश्यकताहरू बुझ्न र उपयुक्त पुनर्स्थापना एवं न्यूनीकरण उपायहरू पहिचान गर्न गान्तोक जिल्लाको नान्डाेक बीएसी अन्तर्गत कोपीबारी स्यारी जीयीयूमा संयुक्त निरीक्षण गरियो। निरीक्षणको नेतृत्व क्षेत्र विधायक तेन्जिङ नर्बु लाम्थाले गरेकाे थियाे।
निरीक्षणको क्रममा, निरन्तर भारी वर्षाले पैह्राे गएपछि आवासीय सम्पत्ति र सार्वजनिक पूर्वाधारलाई असर गरेको पाइयाे। निरन्तर भारी वर्षा भएमा प्रभावित क्षेत्रक्षा थप पैह्राे जान सक्ने सम्भावना रहेको छ। निरीक्षण टोलीले प्रभावित परिवारहरूसँग अन्तरक्रिया गर्यो र क्षतिको स्थलगत मूल्याङ्कन गर्यो।
बासिन्दाहरूलाई भारी वर्षा, विशेष गरी रातिको समयमा, सतर्क रहन र जमिन अस्थिरताको कुनै पनि संकेत देखिएमा तुरुन्तै सम्बन्धित अधिकारीहरूलाई रिपोर्ट गर्न सल्लाह दिइयो। प्रभावित परिवारहरूलाई जिल्ला प्रशासनले सम्बन्धित विभागहरूसँगको समन्वयमा राहत र पुनर्स्थापनाको लागि आवश्यक सबै सहयोग प्रदान गर्ने आश्वासन दिइएकाे छ।
विधायकले सम्बन्धित विभागहरूलाई तत्काल पुनर्स्थापना कार्य शुरु गर्न र प्रभावित क्षेत्र र बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न उपयुक्त न्यूनीकरण उपायहरू लागू गर्न निर्देशन दिए। जिल्ला प्रशासनले सबै प्रभावित बासिन्दाहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेकाे छ।
हिन्दुस्थान समाचार / बिशाल