
गान्तोक, 04 जुलाई (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नर्बु शेर्पाले आज १८ औं पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सहभागी बने। उक्त कार्यक्रम पश्चिम बंगाल विधानसभा र लोकसभाको प्रजातन्त्रका लागि संसदीय अनुसन्धान तथा तालिम संस्थान (प्राइड) द्वारा संयुक्त रूपमा गरिएकाे थियाे।
पश्चिम बंगाल विधानसभामा आयोजित समापन कार्यक्रमलाई लोकसभाका अध्यक्ष ओम बिरला, पश्चिम बंगालका राज्यपाल आरएन रवि, हरियाणाका राज्यपाल आशिम कुमार घोष र पश्चिम बंगाल विधानसभाका अध्यक्ष रथिन्द्र बोसले सम्बोधन गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल