
सोरेङ, 04 जुलाई (हि.स.)। सोरेङ जिल्लामा स्वास्थ्य सेवा सुदृढीकरणका लागि सांसद (राज्यसभा) डीटी लेप्चाकाे सहजीकरणमा सीएसआर पहल अन्तर्गत सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी), सोरेङलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाकाे बाहुलीद्वारा आज एम्बुलेन्स सीएचसीलाई हस्तान्तरण गरियाे। डाक बंगला सोरेङमा चलिरहेको २१२ औं राष्ट्रिय स्तरीय भानु जयन्ती समारोहको क्रममा सीएमओ (सोरेङ) डा. स्मृति राईलाई गाडी हस्तान्तरण गरियो।सोरेङ-च्याखुङका विधायक आदित्य गोलेले सोरेङ जिल्लाका जनताको तर्फबाट सांसद लेप्चाप्रति कृतज्ञता व्यक्त गरे। कार्यक्रममा विधायक कला राई, विधायक पामिन लेप्चा, विधायक सुदेश कुमार सुब्बा, सोरेङका जिल्लापाल, पुलिस अधीक्षक तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल