सर्पले डसेको छात्राको मृत्यु भएपछि अस्पतालमा बबाल, उपचारमा लापरवाही भएको परिवारको आरोप
सर्पले डसेको छात्राको मृत्यु भएपछि अस्पतालमा बबाल, उपचारमा लापरवाही भएको परिवारको आरोप


हुगली, 05 जुलाई (हि. स.)। आइतवार बिहान उपचारमा कथित लापरवाही भएको कारणले एक जना दशौं कक्षाकी छात्राको मृत्यु भएपछि आरामबाग प्रफुल्ल चन्द्र मेडिकल कलेज एवं अस्पतालको माहोल तनाउपूर्ण भयो।

परिवारले चिकित्सकहरूमाथि गम्भीर लापरवाही भएको आरोप लगाउँदै दोषी डाक्टरवरूद्ध कड़ा प्रशासनिक कारबाही गर्ने माग गऱ्यो।

प्राप्त जानकारी अनुसार आरामबाग नगरपालिकाको वार्ड नम्बर दशको उत्तर बादलकाना निवासी अचिन्त्य कुमार पालकी कान्छी छोरी तमसी पाललाई गए शनिवार राती एउटा विषालु सर्पले खुट्टामा ठुङ्गेको थियो। त्यसपछि तत्कालै उसलाई उसकी दिदीले आरामबाग प्रफुल्ल चन्द्र मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याइन् जहाँ उसलाई भर्ती गरियो। आइतवार बिहान उपचारको क्रममा तमसीको मृत्यु भयो। त्यसपछि परिवार अनि स्थानीय मानिसहरूमा आक्रोश फैलियो परिणामस्वरूप अस्पताल परिसरको स्थिति तनाउपूर्ण भयो।

मृत छात्राका पिता अचिन्त्य कुमार पालले आरोप लगाए, उनकी छोरीलाई रातभरि उचित चिकित्सा प्राप्त भएन जसले गर्दा उसको ज्यान गयो। उनले भने, मेरी छोरीको मृत्यु उपचारमा लापरवाही गरेको कारणले भएको हो। यस्तो लापरवाही गर्ने तीन जना डाक्टरहरूविरूद्ध प्रशासनले कड़ा कारबाही गर्नुपर्छ।

उनले भावुक भएर भने, मेरी छोरीले मेडिकलको पढ़ाई गरिरहेकी छन्। मेरी कान्छी छोरीको पनि डाक्टर बन्ने सपना थियो, तर ती डाक्टरहरूले मेरी छोरीको जीवन नै खोसिदिए।

यो खबर लेखुञ्जेलसम्म यस घटनालाई लिएर अस्पताल प्रशासनद्वारा कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande