सड़क दुर्घटनामा सिभिक भोलन्टियरको मृत्यु, चालक पक्राउ
सड़क दुर्घटनामा सिभिक भोलन्टियरको मृत्यु, चालक पक्राउ


हुगली, 05 जुलाई (हि. स.)। हुगली जिल्लाको आरामबागमा ड्यूटीमा तैनाथ एक जना सिभिक भोलन्टियरको एउटा द्रूत गतिको लरीको चपेटमा परी मृत्यु भयो। दुर्घटना गए शनिवार अबेर राति आरामबागको जयरामपुर क्षेत्रमा भएको हो। घटनापछि पुलिसले लरी सहित चालकलाई हरिसातमा लिएको छ।

मृतकको पहिचान उत्पल सिंह (32)- को रूपमा भएको छ जो आरामबागको आराण्डी-2 ग्राम पञ्चायतको बहुखेदाइल गाउँका निवासी थिए।

प्राप्त जानकारी अनुसार जयरामपुर क्षेत्रमा काली पूजाको अवसरमा सुरक्षा व्यवस्थाको लागि तीन-चार जना सिभिक भोलन्टियरलाई तैनाथ गरिएको थियो। यस अवधि आरामबागदेखि तारकेश्वरतर्फ गइरहेको एउटा लरीले ओभरटेक गर्ने प्रयास गर्दा अनियन्त्रित भएर ड्यूटीमा तैनाथ उत्पल सिंहलाई ठक्कर दियो। यस दुर्घटना गम्भीर रूपमा घाइते उत्पललाई स्थानीय मानिसहरूले हतार-हतार आरामबाग प्रफुल्ल चन्द्र सेन मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याए जहाँ चिकिस्तकहरूले तिनलाई मृत घोषित गरिदिए।

घटनाको सूचना पाएर मृतकको परिवारजन अस्पतालमा पुगे। आफ्नो प्रियजनलाई गुमाएकोमा परिवारजनको रोहेर बेहाल भएको छ।

दुर्घटना भएको जानकारी पाउनसाथ आरामबागका एसडीपीओ सन्दीप नन्दी तथा थाना प्रभारी (आईसी) सुरजीत चन्दले पनि अस्पतालमा पुगेर मामिलाको जानकारी लिए। पुलिसानुसार दुर्घटनाको लागि जिम्मेवार लरी र त्यसको चालकलाई हिरासतमा लिइएको छ। आइतवार पोस्टमर्टम गरेपछि शवलाई परिवारलाई सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande