
दक्षिण 24 परगना, 05 जुलाई (हि. स.)। जिल्लाको बारुइपुर क्षेत्रमा एकजना 12 वर्षीय नाबालिकासित बलात्कार गरिएपछि हत्या गरिएको आरोप उठेको छ। घरदेखि केही टाड़ामा अवस्थित एउटा तलाउबाट नाबालिकाको शवलाई उद्धार गरियो। आइतवार बिहान यस घटनालाई लिएर क्षेत्रमा तनाउ फैलियो। पुलिसले जाँच शुरू गरेको छ साथै एकजना आरोपीलाई हिरासतमा लिएको छ।
बारुइपुर थाना क्षेत्रको धपधपी-2 पञ्चायतको सूर्यपुर हाट क्षेत्रमा नाबालिकाको शव भेटियो।
परिवार अनुसार नाबालिका बितेको शनिवार साँझ 4 बजेदेखि नै बेपत्ता भएकी थिई। खाना खरिद गर्ने बहाना बनाए उ घरबाट हिँड़ेकी थिई।स्थानीय मानिसहरूले दाबी गरेका छन्, चार जना युवकहरूले उसलाई लिएर गएका थिए। आइतवार बिहान उसको शव भेटियो।
आइतवार बिहानदेखि सूर्यपुर हाट क्षेत्रको माहोल गर्मिएको छ। उग्र भीड़ले शवलाई रोकेर विरोध प्रदर्शन गऱ्यो। घटनास्थलमा बारूइपुर थानाको पुलिस पुग्यो। स्थानीय मानिसहरूले प्रभास मण्डल नामक एकजना आरोपीलाई समातेर पुलिसलाई सुम्पिदिए। अन्य आरोपीहरूको खोजीमा पुलिसले क्षेत्रमा खोजी अभियान शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा