बिहारको भोजपुरमा स्कर्पियो र कन्टेनर आपस्तमा ठोक्किएर तीन जनाको मृत्यु
बिहारको भोजपुरमा स्कर्पियो र कन्टेनर आपस्तमा ठोक्किएर तीन जनाको मृत्यु


पटना, 05 जुलाई (हि.स.)। बिहारमा भोजपुर जिल्लाको बिहिया थाना अन्तर्गत राही लाइन होटलको छेउमा आइतवार बिहान स्कर्पियोले सड़क किनारमा खड़ा कन्टेनरलाई ठक्कर दियो जसले गर्दा स्कर्पियोमा सवार तीन जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो।

सड़क दुर्घटनामा ज्यान गुमाउनेहरू एउटै परिवार तथा आफन्तहरू हुन् जसको पहिचान प्रकाश सिंह, उनकी पत्नी पल्लवी सिंह औ आफन्त सौरव सिंहको रूपमा भएको छ। मृतक सौरव सारण जिल्लाको सोनपुर, शीतलपुर स्माइल गाउँको निवासी रहेको बताइएको छ। घाइतेको पहिचान सिट्टू सिंह उपनाम कुमार गौरवको रूपमा भएको छ जसलाई पटना रेफर गरिएको छ।

दुर्घटना बिहान लगभग 6:30 बजे भएको हो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार कन्टेनर बक्सरदेखि आरा तर्फ गइरहेको थियो। त्यसको पछाड़ि गुड़िरहेको स्कर्पियो अचानक अनियन्त्रित भएर कन्टेनरको पछिल्लो भागसित ठोक्कियो। यस भयानक ठक्करमा स्कर्पियोको अघिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

पुलिस अनुसार मृतक एवं घाइते सबै नै छपरा जिल्ला निवासी रहेको बतािएको छ। पुलिसले दुवै वाहनलाई कब्जामा लिएर दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। शवहरूको पोस्टमर्टम सदर अस्पतालमा गराइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande