दिघा-मन्दारमणि तटमा हाई अलर्ट, पर्यटकहरूलाई समुद्रमा प्रवेश गर्न रोक
दिघा-मन्दारमणि तटमा हाई अलर्ट, पर्यटकहरूलाई समुद्रमा प्रवेश गर्न रोक


कोलकाता, 05 जुलाई (हि.स.)। बङ्गालको खाड़ीमा विकसित सुस्पष्ट निम्न दबाव क्षेत्र औ सक्रिय मनसुनी प्रणालीको प्रभावले दक्षिण बङ्गालमा आगामी केही दिनसम्म अति घना वर्षा तथा तीव्र हावा चल्ने चेताउनी जारी गरिएको छ जसलाई मध्यनजर गर्दै पूर्व मेदिनीपुर जिल्ला प्रशासनले दिघा, मन्दारमणि औ ताजपुरका समुद्र तटहरूमा हाई अलर्ट घोषित गर्दै पर्यटकहरूलाई समुद्रमा प्रवेश वा स्नान गर्नदेखि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन औ दिघा तटीय पुलिसद्वारा समुद्र तटहरूमा लगातार माइकिङ्ग गरी पर्यटक तता स्थानीय मानिसहरूलाई सुरक्षित दूरत्व कायम राख्ने अपील गरिरहेको छ। समुद्रमा अग्ला-अग्ला छालहरू उठ्ने तथा ज्वारभाटा हुने आशङ्कालाई ध्यानमा राखेर कुनै पनि प्रकारको लापरवाही नगर्ने सल्लाह दिइएको छ।

प्रशासनले गहिरो समुद्रमा गएका मछुआराहरूलाई तत्काल तटमा फर्किने निर्देश दिएको छ। साथै नयां ट्रलर तता माछा मार्ने नौकाहरूलाई समुद्रमा जानदेखि रोक लगाइएको छ। समुद्रको निगरानी गर्नको लागि तटमा लाइफगार्ड (नुलिया) तथा आपदा प्रबन्धन दललाई अतिरिक्त रूपमा तैनाथ गरिएको छ।

लगातार अवकाश भएको कारणले ठूलो सङ्ख्यामा पर्यटकहरू यी समुद्री पर्टयन स्थलहरूमा आइरहेका छन्। तथापि समुद्रमा स्नान गर्नदेखि रोक लगाइएको कारणले पर्यटकहरू अवश्य निराश हुनेछन्, तर सुरक्षित दूरत्वबाट समुद्रका उच्च-उच्च छाल तथा प्राकृतिक दृश्यको आनन्द लिरहेको देखिएको छ।

मौसम विभाग अनुसार उत्तर-पश्चिम बङ्गालको खाड़ी तथा खाड़ीसित टाँसिएका ओडिशा औ पश्चिम बङ्गाल तटमा निर्मित सुस्पष्ट निम्न दबाव क्षेत्रले दक्षिण बङ्गालको मौसमलाई आगामी सात दिनसम्म प्रभावित पार्नेछ। पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया औ दक्षिण 24 परगना सहित केही जिल्लाहरूमा भारीभन्दा अति भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। तटीय क्षेत्रहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। त्यसैले आगामी 7 जुलाईसम्म मछुआराहरूलाई समुद्रमा नजाने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande