गौरव गोगोई कङ्ग्रेसको अध्यक्ष रहिरहनु भाजपाको लागि प्लस पोइन्ट हो : मन्त्री पीयूष
गौरव गोगोई कङ्ग्रेसको अध्यक्ष रहिरहनु भाजपाको लागि प्लस पोइन्ट हो : मन्त्री पीयूष


गुवाहाटी, 05 जुलाई (हि.स.)। असम सरकारका मन्त्री पीयूष हजारिकाले असम प्रदेश कङ्ग्रेस अध्यक्ष गौरव गोगोईमाथि कटाक्ष गर्दै भने, उनी प्रदेश अध्यक्षको पदमा रहिरहनु भाजपाको लागि प्लस पोइन्ट हो। हजारिकाले बितेको शनिवार राती एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित कुराकानी गरिरहेका थिए।

पीयूष हजारिकाले भने, उनी गौरव गोगोईसित राजीनामाको माग गरिरहेका छैनन्। उनले भने, पहिला-पहिला चुनाउमा ठूलो हार भएपछि प्रदेश अध्यक्षले आफ्नो पदबाट राजीनामा दिने कङ्ग्रेसको परम्परा नै थियो।

उनले आरोप लगाए, गौरव गोगोईले त्यस परम्परालाई भङ्ग गर्दै परास्त भए पनि अध्यक्ष पदलाई छोड़ेनन्। हजारिकाले कटाक्ष गर्दै भने, गौरव गोगोई अध्यक्ष भइरहनु भाजपाको लागि राजनीतिक रूपमा लाभदायक साबित भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande