गुप्तीपाड़ा रथयात्राको तयारीलाई लिएर महाराजसित मन्त्री सुमना सरकारको बैठक, अनुदान राशिको पारदर्शी उपयोगमाथि जोर
गुप्तीपाड़ा रथयात्राको तयारीलाई लिएर महाराजसित मन्त्री सुमना सरकारको बैठक, अनुदान राशिको पारदर्शी उपयोगमाथि जोर


हुगली, 05 जुलाई (हि. स.)। जिल्लाको ऐतिहासिक गुप्तीपाड़ा रथयात्रा महोत्सवको तयारीलाई लिएर आइतवार पश्चिम बंगाल सरकारकी मन्त्री सुमना सरकारले वृन्दावन चन्द्र मन्दिरका महाराजसित शिष्टाचार भेट गरी एक महत्वपूर्ण बैठक गरिन्। बैठकमा आगाामी रथयात्रालाई सुरक्षित, सुव्यवस्थित औ भव्य रूपमा सम्पन्न गराउने विषयमा विस्तारपूर्वक चर्चा भयो।

मन्त्री सुमना सरकारले बताइन्, राज्य सरकार तथा मुख्यमन्त्रीको पक्षबाट रथयात्रा आयोजनको लागि प्रदान गरिएको 5 लाख रुपियाँको अनुदान राशिको पारदर्शी तथा उचित उपयोग सुनिश्चित गर्नेमाथि विशेष जोर दिइयो। उनले भनिन्, यस राशिको उपयोग उत्सवको व्यवस्थालाई अझ् श्रेष्ठ बाउनको लागि गरिनेछ।

बैठकमा रथयात्रामा आउने श्रद्धालु तथा पर्यटकहरूको सुरक्षा, कानून-व्यवस्था, भीड़ प्रबन्धन तथा आवश्यक नागरिक सुविधाहरू उपलब्ध गराउने जस्ता विषयहरूमाथि पनि विस्तार पूर्वक चर्चा भयो।

बैठक पश्चात सुमना सरकारले भनिन्, गुप्तीपाड़ाको ऐतिहासिक रथयात्रा एक धार्मिक उत्सव मात्र होइन जबकि बङ्गालको समृद्ध सांस्कृतिक धरोहरको महत्वपूर्ण अङ्ग पनि हो। उनले भनिन्, प्रशासन, मन्दिर प्रबन्धन तथा स्थानीय मानिसहरूको सहयोगले यस वर्षको रथयात्रा पहिलाभन्दा अधिक सुव्यवस्थित र सफलतापूर्वक सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande