
गुवाहाटी, 05 जुलाई (हि.स.)। गुवाहाटी नगर प्रशासनले शहरका विभिन्न पार्क, उद्यान औ पर्यटन स्थलहरूको प्रवेश शुल्कमा संशोधन गरेको छ। नयाँ दर आइतवारदेखि प्रभावी भएको छ।
नयाँ दर अनुसार सती राधिका शान्ति उद्यानमा प्रवेश गर्नको लागि अब 60 रुपियाँ, पान बजारस्थित ब्रह्मपुत्र रिभर फ्रन्टको लागि 60 रुपियाँ, नेहरू पार्कको लागि 30 रुपिया, ब्रह्मपुत्र रिभर हेरिटेज सेन्टरको लागि 150 रुपियाँ तथा श्रद्धाञ्जलि काननको लागि 30 रुपियाँको शुल्क निर्धारित गरिएको छ।
यसरी नै पान बजार रोपवेको सवारीको लागि अब 250 रुपियाँको शुल्क दिनुपर्छ। संशोधित शुल्क आइतवारदेखि लागू भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा