
हुगली, 05 जुलाई (हि. स.)। आइतवार सोमरा बजारमा हावड़ा–कटवा रेल शाखाका हकर्ससित एक महत्वपूर्ण बैठक आयोजना गरियो। बैठकमा पश्चिम बङ्गाल सरकारले हकर्सका विभिन्न समस्या, माग अनि सुझाउहरूमाथि विस्तार पूर्वक चर्चा गऱ्यो।
बैठकमा हकर्सले आफ्नो रोजगार, यात्रीहरूलाई पुऱ्याउने सेवा, सुरक्षा व्यवस्था, बस्ने स्थान, प्रशासनिक सहयोग तथा कार्यस्थलसित सम्बन्धित विभिन्न व्यावहारिक समस्याहरूलाई प्रमुखताले उठाए।
सुमना सरकारले सबै हकर्सको कुरालाई ध्यानपूर्वक सुनेपछि भनिन्, राज्य सरकार यात्रीहरूको सुविधासंँगसँगै हकर्सको हित रक्षाको लागि पनि पूर्ण रूपमा प्रतिबद्ध छ। उनले भने, हकर्सका जायज माग तथा समस्याहरूको समाधान गर्नका लागि सम्बन्धित सबै पक्षसित समन्वय राखेर काम गरिनेछ ताकि या6ीहरूको सेवा पनि प्रबावि नहोस्, हकर्सको आजीविका पनि सुरक्षित रहोस्।
बैठकमा उपस्थित हकर प्रतिनिधिहरूले केही महत्वपूर्ण सुझाउ पनि राखे। चर्चामा पारस्परिक सहयोग तथा समाधान-आधारित दृष्टिकोण अप्नाउनेमाथि विशेष बल दिइयो।
अन्तमा सुमना सरकारले भनिन्, म तपाईहरूको घरकी छोरी हुँ, तपाईहरूो सेवा गर्नको लागि सदैव तत्पर छु।
उनको यस सन्देशबाट उपस्थित हकर्समा आशाको सञ्चार भएको छ तथा हकर समुदायप्रति राज्य सरकारको संवेदनशील एवं सहयोगात्मक दृष्टिकोण देख्न पाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा