हाइड्रेनलाई अतिक्रमण मुक्त बनाउनको लागि नगरनिगमको अभियान
हाइड्रेनलाई अतिक्रमण मुक्त बनाउनको लागि नगरनिगमको अभियान


सिलगढ़ी, 05 जुलाई (हि. स.)। शहरको जल निकासी व्यवस्थालाई सुचारू बनाइराख्नको लागि सिलगढ़ी नगरनिगमले हाइड्रेन (नाली)-लाई अतिक्रमण मुक्त बनाउने अभियानलाई आइतवारदेखि तीव्र बनाएको छ। आइतवार सेवक रोड क्षेत्रमा नगरनिगमले विशेष अभियान चलाएर पछिल्लो लामो समयदेखिको हाइड्रेनमाथि लगाइएको कङ्क्रिटको स्ल्याबलाई हटाएर सफाई कार्य शुरू गऱ्यो।

नगरनिगम सूत्र अनुसार केही व्यवसायीहरूले हाइड्रेनमाथि स्थायी रूपमा स्ल्याब लगाएर त्यस ठाउँको उपयोग पसल वा व्यापार गर्नको लागि गरिएको थियो जसले गर्दा नियमित सफाई कार्य शुरू बाधित भइरहेको थियो। विशेष गरी वर्षामा जल निकासी व्यवस्था पूर्ण रूपले प्रभावित भइरहेको थियो।

अभियान अवधि निगम कर्मीहरूले हाइड्रेन माथिको स्ल्याबलाई हटाएर जमा भएको फोहोर-मैलाहरू सफा गरे। साथै अवैध रूपमा नाला कब्जा गरी बनाइएका पसलहरूलाई हटाउने कारबाही पनि गरियो।

नगरनिगमका अधिकारीहरूले बताए, शहरका अन्य क्षेत्रहरूमा पनि चरणबद्ध ढङ्गमा यो अभियान भइरहेको छ। हाइड्रेनमाथि कब्जा वा जल निकासी व्यवस्था बाधित भएको पाइए सम्बन्धित व्यवसायीहरूविरूद्ध आवश्यक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande