खड़गपुरमा अवैध टोटोको विरोधमा अटो चालकहरूको प्रदर्शन, भोक हड़ताल गर्ने चेताउनी
खड़गपुरमा अवैध टोटोको विरोधमा अटो चालकहरूको प्रदर्शन, भोक हड़ताल गर्ने चेताउनी


खड़गपुर, 05 जुलाई (हि. स.)। खड़गपुरको मालाञ्चा रोड, निमपुरा रोड औइन्दा बस स्ट्याण्ड रूटमा कथित अवैध टोटो सञ्चालन गरेको विरोधमा आइतवार अटो चालकहरूले प्रशासनसित कारबाही गर्ने माग गरेका छन्।

उनीहरूको भनाइ छ, अवैध टोटोको कारण वैध परमिट भएका अटो चालकहरूको आय लगातार घटिरहेको छ जसबाट उनीहरूलाई परिवार धान्नगाह्रो भइरहेको छ।

आन्दोलनकारीहरूले बताए, डिजल र पेट्रोलको बढ़्दो मूल्यबीच पहिलाबाटै अटो चलाउन महँगो भएको छ। त्यैमाथि अवैध टोटोको कारण सवारीहरू कम भेटिएकोले केही अटो चालकहरूको आर्थिक स्थिति गम्भीर भएको छ।

प्रदर्शनकारीहरूले भने, यदि प्रशासनले चाँड़ै अवैध टोटो विरूद्ध कारबाही गरेन भने आगामी दिनमा उनीहरूले भोक हड़ताल गर्नेछन् साथै आन्दोलालाई अझ् तीव्रता दिनेछन्।

आन्दोलनकारी अतनु कुमार च्याटर्जीले बताए, प्रतिनिधिमण्डलले गए शनिवार खड़गपुर टाउन थानामा पुगेर अधिकारीहरूसित भेट गऱ्यो। पुसिस अधिकारीहरूले चाँड़ै बैठक गरी हल खोज्ने आश्वासन दिएका छन्। उनले अझ भने, वैध अटो चालकले नियमित रूपमा ट्याक्स तता अन्य शुल्कहरू भुक्तान गर्दै आइरहेका छन्। यस स्थितिमा यदि अवैध टोटोहरू रोकटोक बिनै चलिरहेका छन् भने यो वैध चालकहरूमाथि अन्याय हो। उनले प्रशासनसित चाँड़ै प्रभावकारी कारबाही गर्ने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande