
नयाँ दिल्ली, 05 जुलाई (हि.स.)। शाहदरा जिल्लाको जगतपुरीमा मगेतर युवतीका मागहरूदेखि दिक्क भएर धर्मेन्द्र कुमार (29) नामक युवकले घरभित्रै गलफन्दा लगाएर आत्महत्या गरेका छन्। बितेको शनिवार सवेरै पिता बाथरूम जानका लागि उठ्दा उनले आफ्नो छोरालाई गलफन्दामा झुण्डिरहेको पाए। त्यसपछि परिवारले उसलाई तत्कालै नजिकैको हेडगेवार अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
पुलिसले मृतकबाट कुनै पनि सुसाइड नोट भेटेको छैन। परिवारका सदस्यहरूले छोराको मोबाइल फोन जाँच गर्दा पाए, धर्मेन्द्रले आत्महत्या गर्नअघि आफ्नी मगेतरलाई 50 पटकभन्दा अधिक कल गरेका थिए। परिवारले मंगेतरमाथि दबाव दिएको आरोप लगाउँदै जगतपुरी थानामा युवती विरूद्ध छोरालाई आत्महत्या गर्नको लागि उक्साएको लिखित सिकायत दर्ता गरायो।
पुलिस मुताविक धर्मेन्द्र आफ्नो परिवारसित गल्ली नम्बर-2, परवाना रोड, जगतपुरी क्षेत्रमा बस्थ्यो। परिवारमा पिता जितेन्द्र पाल, आमा रानी, एकजना दाज्यु र दुई जना बहिनीहरू छन्। धर्मेन्द्रले मारूति इको भ्यान किनेका थिए। तिनले स्कूलका नानीहरूलाई स्कूल पुऱ्याउने-घरमा ल्याउनको लागि स्कूल क्याब चलाउँथे।
पिताले बताए, 12 अप्रेल, 2026-मा उनको छोराको मंगनी विजय नगर, गजियाबादकी युवतीसित भएको थियो। मंगनी भएपछि धर्मेन्द्रले युवतीसित बातचित गर्नथाले। बातचित गर्दा युवतीले आफ्नो कुरा माने मात्र विवाह गर्छु भनेर धर्मेन्द्रमाथि दबाव दिन्थी। युवतीले आफ्नो परिवारलाई पनि सम्बन्ध भङ्ग गर्ने चेताउनी दिन्थी। यस्तो कुरा थाहा पाएपछि गत 17 मईका दिन धर्मेन्द्रको परिवार युवतीको गजियाबाद स्थित घरमा पुगेर युवतीलाई मनाउने प्रयास पनि गरेको थियो।
परिवारले आगामी 26 नोभेम्बरमा विवाह तय गरेको थियो। यसबीच युवतीले लगातार धर्मेन्द्रमाथि चाप दिँदै आएकी थिई। अस्वीकर गर्दा सम्बन्ध विच्छेद गर्ने कुरा गरिरहेकी थिई।
पुलिसले आइतवार जीटीबी अस्पतालमा पोस्टमार्टम गराएर शव परिवारलाई सुम्पिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा