
पश्चिम मेदिनीपुर, 05 जुलाई (हि. स.)। जिल्लाको केशपुरबाट विधायक शिउली साहालाई उम्मेद्वार बनाउने फसेलालाई लिएर फेरि एकपटक तृणमूल कङ्ग्रेसभित्र मतभेद भएको स्पष्ट रूपमा देखिएको छ। आइतवार जिल्ला परिषदमा तृणमूलका दल नेता मोहम्मद रफिकले भने, विधानसभा चुनाउ हुन अगावै स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी नेतृत्वसित बाहिरका उम्मेद्वारको सट्टा स्थानीय भूमिपुत्रलाई टिकट दिने माग गरेका थिए, तर उनीहरूको कुरालाई मानिएन।
रफिकले भने, चुनाउमा शिउली साहा 50 हजारभन्दा अधिक मतले विजयी भइन्, तर पछिको राजनीतिक परिस्थितिले साबित गरिदियो कि स्थानीय कार्यकर्ताहरूको आशङ्का सही थियो। उनको आरोप छ, चुनाउ परिणाम आएको केही घण्टा नबित्दै विधायकको कार्यालयबाट तत्कालीन पार्टी नेतृत्वका तस्वीरहरूलाई हटाइयो। पछि शिउली साहाले पार्टीको दोस्रो गुटलाई समर्थन गरिन्।
उनले यो पनि आरोप लगाए, विधायक बनेपछि शिउली साहा ब्लक स्तरका नेता तथा कार्यकर्ताहरूदेखि टाड़ा भइन्। सङ्गठनसित सम्बन्धित महत्वपूर्ण मामिलाहरूमा स्थानीय नेताहरूको मत लिइए जसबाट केशपुरमा पार्टीको सङ्गठन कमजोर भयो।
रफिकको दाबी छ, क्षेत्रमा तृणमूलका अधिकांश पार्टी कार्यालयहरू अब बन्द भइसकेका छन्। सङ्गठन सञ्चालनका लागि कार्यकर्ताहरूको अभाव खट्किरहेको छ।
तथापि उनले यो पनि भने, पार्टीका शीर्ष नेतृत्वबाट पनि उम्मेद्वार चयनमा धेरै वटा गल्तीहरू भएको छ जसको प्रभाव अब सङ्गठनमा देखिँदैछ।
विधायक शिउली साहाले उपरोक्त आरोपहरूलाई खारेज गर्दै भनिन्, उनी अनुसूचित जाति समुदायबाट आएकी महिला हुन् र मोहम्मद रफिकले लगातार उनीविरूद्ध टिप्पणी गरिरहेका छन्। यस सम्बन्धमा उनले पुलिस अधीक्षक समक्ष सिकायत गरेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा