
नयाँ दिल्ली, 05 जुलाई (हि.स.)। दिल्लीका मेयर प्रवेश वाहीले आइतवार केशव पुरम जोनको गुजराँवाला टाउनमा समाजसेवी स्वर्गीय डीजे सचदेवाको नाममा पार्कको नामाकरण गरी उनलाई श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा विधायक अशोक गोयल देवराहा, केशव पुरम जोनका चेयरम्यान विकेश सेठी, सब्बरवाल औ उनका परिवार उपस्थित थिए।
मेयरले यहाँ आयोजित सभालाई सम्बोधन गर्दै भने, पार्क हरियाली भएको ठाउँमात्र नभई यो सामाजिक सद्भाव, परिवारहरूको भेटघाट, स्वास्थ्यलाई प्रेरित गर्ने एवं सामुदायिक जीवनको महत्वपूर्ण केन्द्र पनि हो। यस्ता सार्वजनिक स्थानहरूलाई प्रेरणादायक हस्तिहरूसित जोड़्नाले नागरिकहरूमा सामाजिक जागरूकता तथा सकारात्मक मूल्यहरूले प्रेरणा पाउँछ। उनले भने, निगमले शहरभरिका पार्कहरूलाई बदल्नका केही मोडलहरूलाई अप्नाउनेछ जसमा पब्लिक-प्राइभेट पार्टनरशिप (पीपीपी) मोडल, रेजिडेन्ट वेलफेयर एसोसिएशन (आरडब्ल्यूए)- सित सहयोग अनि दिल्ली सरकारसित साझेदारी सामेल छन्।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको 'विकसित भारत'- को भिजन औ पर्यावरण संरक्षणको सङ्कल्पलाई ध्यानमा राखेर निगमले राष्ट्रिय राजधानीलाई एक स्वच्छ, सुन्दर, हरियाली एवं नागरिक अुकूल महानगरमा परिणत गर्नको लागि पूर्ण लगनशील भएर काम गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा