
मेदिनीपुर, 05 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसभित्र आगामी 21 जुलाई, शहीद दिवसलाई लिएर भइरहेको राजनीतिक तानातानबीच 21 जुलाई, 1993-को आन्दोलनमा शहीद भएका शेख अब्दुल खालेककी पत्नी कोहिनूरा बीबीले मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आफ्नो निष्ठा दोहोऱ्याएकी छन्। उनले भनिन्, तृणमूलको अर्थ नै ममता ब्यानर्जी हुन्। जबसम्म जीवित रहन्छु, दिदीको साथमा रहनेछु।
पश्चिम मेदिनीपुर जिल्लाको केशपुरस्थित गरगजपोता गाउँ निवासी कोहिनूरा बीबीले भनिन्, उनका पति शेख अब्दुल खालेक ममता ब्यानर्जीको आह्वानमा वर्ष 1993- को राइटर्स बिल्डिङ्ग अभियानमा सामेल भएका थिए जहाँ पुलिसले चलाएको गोलीमा उनी शहीद भए। सरकारी शहीदहरूको सूचीमा उनको नाम मोहम्मद खालेक- को रूपमा दर्ता छ जसलाई पश्चिम मेदिनीपुर जिल्लाको एकमात्र 21 जुलाई शहीद मानिन्छ।
उनले भनिन्, पार्टीमा को कसको पक्षमा छ, यसबाट उनलाई कुनै सरोकार छैन। उनका लागि तृणमूल कङ्ग्रेसको अर्थ मात्र ममता ब्यानर्जी हुन्। उनले भनिन्, उमेर तथा अस्वस्थ्यताको कारणले यस वर्ष उनी कोलकाता जान नसके पनि उनको परिवारका कुनै सदस्य आगामी 21 जुलाईको कार्यक्रममा अवश्य सामेल हुनेछन्।
कोहिनूरा बीबीले आफ्ना पतिलाई सम्झिँदै बताइन्, 21 जुलाई, 1993- को आन्दोलनपछि उनी दुई दिनसम्म बेपत्ता भएका थिए। पछि गम्भीर रूपमा घाइते अवस्थामा उनलाई अस्पतालमा भर्ती गरियो जहाँ उपचारको क्रममा उनको निधन भयो।
उनले यो पनि दाबी गरिन्, मुख्यमन्त्री भएपछि पनि ममता ब्यानर्जीले शहीद परिवारहरूलाई कहिल्यै भुलिनन्। ममता ब्यानर्जीले प्रत्येक वर्ष शहीद परिवारहरूलाई सम्मानस्वरूप पत्र पठाउँछन्। उनले यो पनि दााबी गरिन्, रेल मन्त्री छँदा पनि ममता ब्यानर्जीले उनको छोरालाई रेलवेमा नोकरी दिलाउनको लागि सहायता गरेकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा