
नदिया, 05 जुलाई (हि.स.)। जिल्लाको शान्तिपुरमा अन्नपूर्णा योजनाको राशि नपाएकोमा मानिसहरूको आक्रोश लगातार बढ़्दै गइरहेको छ। केही दिनअघि शान्तिपुर नगरपालिकाका चेयरम्यान तथा भाइस चेयरम्यानविरूद्ध प्रदर्शन गरिएपछि आइतवार बिहान ठूलो सङ्ख्यामा भेला भएका महिलाहरूले नगरपालिकाका एकजना कर्मचारीको घर बाहिर प्रदर्शन गरे। घटना आइतवार बिहान शान्तिपुर नगरपालिकाको वार्ड संख्या 13-मा भएको हो।
महिलाहरूको आरोप छ, वास्तविक लाभार्थीहरूलाई योजनादेखि वञ्चित राखी केही चयनित महिलाहरूलाई मात्र खातामा राशि पठाइँदैछ।
प्रदर्शनकारी महिलाहरूको भनाइ छ, उनीहरू अन्नपूर्ण योजनाका योग्य लाभार्थीहरू हुन्, तर अहिलेसम्म उनीहरूको खातामा कुनै राशि आएको छैन। जबकि यस्ता केही महिलाहरूलाई योजनाको लाभ प्राप्त भइसकेको छ जसलाई उनीहरूले वास्तविक पात्र मान्दैनन्।
यसै सिकायतलाई लिएर वार्ड नम्बर 13-का इङ्क्वायरी अधिकारी एवं नगरपालिका कर्मचारी अनुप ब्यानर्जीको घर अगाड़ि ठूलो सङ्ख्यामा भेला भएका महिलाहरूले नाराबाजी गर्दै चाँड़ै समाधान गर्ने माग गरे।
प्रदर्शनकारीहरूको आरोप छ, लाभार्थीहरूको चयन प्रक्करिया पारदर्शी छैन। उनीहरूको भनाइ छ, जाँच तथा सत्यापनको नाममा पक्षपात गरिएको छ।
यता नगरपालिका कर्मचारी अनुप ब्यानर्जीले सबै आरोपहरूलाई अस्वीकार गरेका छन्। उनको भनाइ छ, लाभार्थीहरूको अन्तिम चयन वा राशि स्वीकृत गर्ने अधिकार उनीसित छैन।
उनले बताए, केही मानिसहरूले अनलाइन तथा केहीले अफलाइन आवेदन गरेका थिए। सत्यापनपछि केही आवेदनलाी स्वीकार गरियो भने केहीलाई अस्वीकार। आवेदनलाई किन अस्वीकार गरियो वा सबैलाई एकसाथ राशि किन प्राप्त भइरहेको छैन, यो निर्णय लिने अधिकार उनीसित छैन। उनले प्रदर्शनकारीहरूलाई मङ्गलवार नगरपालिका कार्यालयमा गएर वरिष्ठ अधिकारीहरूसित भेट गर्ने सल्लाह दिए ताकि उनीहरूलाई सम्पूर्म मामिलाको जानकारी प्राप्त होस्।
यस घटनापछि अन्नपूर्णा योजनाका लाभार्थीहरूको चयन तथा सत्यापन प्रक्रियाको पारदर्शितामाथि एकपटक फेरि प्रश्न उठ्न थालेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा