कुमार भास्कर वर्मा सेतुमा नयाँ प्रतिबन्ध लागू
कुमार भास्कर वर्मा सेतुमा नयाँ प्रतिबन्ध लागू


गुवाहाटी, 05 जुलाई (हि.स.)। कुमार भास्कर वर्मा सेतुमा प्रशासनले नयाँ प्रतिबन्ध लागू गरेको छ। नयाँ निर्देश अन्तर्गत पुलमा वाहनहरूलाई रोक्नेमाथि पूर्ण प्रतिबन्ध रहनेछ।

प्रशासनले पुलमा वाहन रोकेर फोटो कैद गर्ने वा भीडियो बनाउनेमाथि पनि रोक लगाइदिएको छ। मानिसहरूलाई नियमहरू बारे जानकारी दिनको लागि पुलमा नो स्ट्याण्ड, नो फोटोग्राफी- को बोर्ड लगाइएको छ।

प्रशासनले स्पष्ट पारेको छ, नयाँ नियमहरूको उल्लङ्घन गर्नेहरूविरूद्ध कड़ा कारबाही गरिनेछ। अधिकारीहरूले मानिसहरूसित सुरक्षा अनि यातायात व्यवस्थालाई कायम राख्नको लागि नियमहरूको पालन गर्ने अपील गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande