शोपियाँको चनापोरामा आतङ्कवादीहरूको धरपकड़को लागि अभियान जारी
शोपियाँको चनापोरामा आतङ्कवादीहरूको धरपकड़को लागि अभियान जारी


श्रीनगर, 05 जुलाई(हि.स.)। दक्षिण कश्मीरको शोपियाँ जिल्लाको चनापोरा क्षेत्रमा भइरहेको घेराबन्दी तथा खोजी अभियान (सीएएसओ)-मा अहिलेसम्ममा कुनै पनि आतङ्कवादी पक्रा परेको वा मारिएको सूचना प्राप्त भएको छैन। सुरक्षा बलहरूले क्षेत्रमा गहन खोजी अभियान जारी राखेका छन्।

अधिकारीहरूले बताए, आतङ्कवादीहरू उपस्थिति रहेको पक्का गुप्त जानकारी प्राप्त भएपछि पुलिस, सेना र सीआरपीएफको एक संयुक्त टीमले चनापोरामा अपरेशन शुरू गऱ्यो। सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी संदिग्ध आतङ्कवादीहरूको बारेमा पत्तो लगाउनका लागि गहन खोजी अभियान सञ्चालन गरियो। अपरेशन अवधि सुरक्षा बलले व्यवस्थित ढङ्गमा खोजी गरिरहेको छ भने अतिरिक्त सुरक्षा बलले कुनै पनि प्रकारको पलायनलाई रोक्नको लागि कड़ा सुरक्षा घेरा बनाएको छ।

सूत्रले बतायो, अपरेशनको क्रममा संदिग्ध गतिविधि भएको खबर पाइए पनि अहिलेसम्म कुनै पनि आतङ्कवादीलाई पक्राउ गरिएको वा मारिएको सूचना हाल प्राप्त भएको छैन, अभियान जारी छ तथा सुरक्षाकर्मीहरूले अनुसन्धान गरिरहेको छ।

अधिकारीहरूले भने, स्थितिमाथि नजिकबाट नजर राखिँदैछ, अपरेशनलाई अगाड़ि बढ़ाइँदैछ साथै जानकारी दिइनेछ। ताजा जानकारी पाउँदासम्म पुलिस, सेना र सीआरपीएफको संयुक्त अपरेशन जारी थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande