
धुबड़ी, 05 जुलाई (हि.स.)। धुबरी जिल्लाको बिलासीपारामा पुलिसले एक ठूलो कारबाहीमा करोड़ौं रुपियाँ मूल्यको याबा ट्याब्लेटको खेप जफत गरेको छ। यो कारबाही राष्ट्रिय राजमार्ग 17 स्थित तिलापाड़ाको महिषबाथान क्षेत्रमा भएको हो।
रिपोर्ट अनुसार, पुलिसले मणिपुरको राजधानी इम्फालबाट धुबड़ी ढुवानी भइरहेको लगभग 24 हजार याबा ट्याब्लेट जफत गरेको छ। सूचनाको आधारमा कारबाही गर्दै शाल्कोचा र छपर पुलिस थानाले संयुक्त कारबाही गरी तस्करीको र्यातकेटको पर्दाफास गरेको छ। तीन जना कथित तस्करहरूलाई पक्राउ गरिएको छ।
पक्रा परेका अभियुक्तहरूको पहिचान हरकाटा निवासी अमिनुर इस्लाम, मश्कागुरी निवासी जयनुद्दीन अली र सुवापाटा निवासी रबिउल इस्लामको रूपमा गरिएको छ। याबा ट्याब्लेटका साथै पुलिसले धेरै मोबाइल फोन, अन्य समान र तस्करीमा प्रयोग हुने बोलेरो गाड़ी पनि जफत गरेको छ। पुलिस अनुसारस जफत गरिएको याबा ट्याब्लेटको अनुमानित बजार मूल्य लगभग 2.5 करोड़ रहेको छ। थप अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी