सड़क दुर्घटनामा युवकको मृत्यु
सड़क दुर्घटनामा युवकको मृत्यु


जलपाईगुड़ी, 05 जुलाई (हि. स.)। जिल्लाको राजगञ्ज ब्लकमा भएको सड़क दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ। मृतकको नाम भवतोष शर्मा रहेको बताइएको छ जो फूलबाड़ी दुई नम्बर ग्राम पञ्चायततो बनियापाड़ा क्षेत्रका निवासी थिए। आरोप छ, गए राति एउटा सानो चार चक्के वाहनको ठक्करले तिनको मृत्यु भएको हो। घटना सन्न्यासीकाटा ग्राम पञ्चायतको जोटियाकाली-गण्डार राज्य सड़कमा नाकुगछको छेउमा भएको हो।

परिवार मुताविक गए शनिवार सदा जस्तै भावतोष शर्मा बाइक मार्फत आफ्नो पसल तर्फ गइरहेका थिए। आरोप छ, नाकुगछ नजिकै पुगेपछि एउटा सानो यात्रु वाहक चार चक्ले वाहनले तिनको बाइकलाई भयानक ठक्कर दियो। ठक्कर लागेपछि भावतोष गम्भीर रूपमा घाइते भए जसलाई स्थानीय मानिसहरूले टोटो मार्फत फूलबाड़ीको एक निजी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। घटनाको सूचना पाएर राजगञ्ज थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गर्न शुरू गरेको छ। आइतवार पोस्टमर्मट गरेपछि शव परिवारलाई सुम्पिइयो। घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande