
सिलगढ़ी, 05 जुलाई (हि.स.)। रेलवे लाइन पार गर्दैगर्दा एकजना युवकको ट्रेनको चपेटमा परी मृत्यु भयो। यो घटना आइतवार सिलगढ़ी जङ्क्शन रेलवे स्टेशन नजिक ओभरब्रिज मुनि रेलवे ट्र्याकमा भएको हो। यो समाचार लेखुञ्जेलसम्म मृतक युवकको पहिचान हुन सकेको थिएन।
सूचना पाएर घटनास्थलमापुगेको जङ्क्शन टाउन जीआरपीको टीमले शवलाई जफत गरी पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
स्थानीय सूत्र मुताविक आइतवार अपरान्ह एकजना युवकले रेलवे लाइन पार गरिरहेका थिए। त्यसै अवधि आएको एउटा द्रूत गतिको ट्रेनले उसलाई ठक्कर दियो जसले गर्दा उसको मृत्यु भयो। जीआरपीको टीमले मृतकको पहिचान खोलाउने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा