
नयाँ दिल्ली, 05 जुलाई (हि.स.)। दक्षिणी दिल्लीको चन्दन होला क्षेत्रमा आइतवार सवेरै प्रदर्शनी (एक्जीबिशन)-का सामग्रीहरूले भरिएका दुई वटा टिनको शेड भएको गोदाममा आगो लाग्यो। आगोले क्षणभरमै लगभग दुई एकड़ क्षेत्रलाई आफ्नो चपेटमा लियो।सूचना पाउनसाथ दमकल विभागले व्यापक स्तरमा अभियान सञ्चालन गऱ्यो भने लगभग साढ़े चार घण्टासम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रित गऱ्यो। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
दमकल विभाग अनुसार राती 2:11 बजे चन्दन होलास्थित पञ्जाब नेशनल ब्याङ्क (पीएनबी)-को नजिकै अवस्थित एउटा फ्याक्ट्रीमा आगो लागेको सूचना प्राप्त भयो। शुरूमा दुई वटा वाटर टेण्ड र दुई वटा वाटर बाउजरलाई घटनास्थलमा पठाइयो। आगो द्रूत गतिमा फैलिएपछि संसाधनहरूलाई लगातार बढ़ाइयो. पहिला आगोलाई मेक-4 अनि पछि मेक-6 घोषित गरियो।
स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै 20 वटा दमकल वाहनहरूलाी घटनास्थलमा खटाइयो। वरिष्ठ अधिकारीहरूले पनि घटनास्थलमा पुगेर राहत अनि बचाउ अभियानको निगरानी गरे। दमकल अधिकारीहरूले बताए मुताविक आगो प्रदर्शनीका सामग्रीहरूले भरिएका दुी वटा टिनको शेड भएको गोदाममा लागेको थियो जसको क्षेत्रफल लगभग दुई एकड़ थियो। आगोको चपेटमा परी टिनको शेड पनि क्षतिग्रस्त भयो जसले गर्दा आगोलाई निभाउन गाह्रो भयो।
अधिकारीहरू अनुसार बिहान 5:40 बजेसम्ममा आगोलाई पूर्ण रूपले नियन्त्रित गरियो। बिहान 6:30 बजे दमकल विभागले आफ्नो अभियानलाई समाप्त गर्दै बतायो, घटनास्थलमा कुलिङ्गको काम मात्र भइरहेको छ। प्रारम्भिक जाँचमा आगलागीको कारण थाहा लाग्न सकेको छैन। दमकल विभाग र सम्बन्धित एजेन्सीहरू कारण पत्तो लगाउन जुटेका छन्। आगोले गोदाममा राखिएको लाखौं रुपियाँका सामग्रीहरूलाई नष्ट गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा