आशिष ब्यानर्जीको निधनप्रति अभिषेक ब्यानर्जीद्वारा शोक व्यक्त
आशिष ब्यानर्जीको निधनप्रति अभिषेक ब्यानर्जीद्वारा शोक व्यक्त


कोलकाता, 16 अगस्त (हि.स.)। पश्चिम बङ्गाल विधानसभाका पूर्व उपाध्यक्ष औ रामपुरहाटका पूर्व विधायक आशिष ब्यानर्जीको असामान्य निधनप्रति तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जीले आइतवार सोशल मीडियाको माध्मबाट शोक व्यक्त गरे।उनले यस घटनालाई अत्यन्त हृदयविदारक बताउँदै राजनीति तथा पत्रकारितामा संवेदनशीलता एवं दायित्वको आवश्यकतामाथि बल दिए।

अभिषेक ब्यानर्जीले आफ्नो सन्देशमा भने, आजीवन शिक्षक तथा जनसेवक रहेका आशिष ब्यानर्जीले इमानदारी, गरिमा तथा सादगीको साथमा कैयौं दशकसम्म मानिसहरूको सेवा गरे। रामपुरहाटका मानिसहरूमा अत्यन्त सम्मानित व्यक्तित्व आशिष सारा बीरभूम जिल्लाका लागि गौरव थिए।

उनले भने, आत्महत्या गर्नअघि लेखिएको कथित सुसाइड नोटमा आशिष ब्यानर्जीले लगातार कथित दुष्प्रचार र उनलाई बदनाम गर्ने पीड़ाको उल्लेख गरेका छन्। अभिषेकले भने, यो पक्षलाई बेवास्ता गर्न सकिँदैन।

तृणमूल नेताले भाजपा र मीडियाको एक वर्गलाई लक्षित गर्दै भने, उनीहरूले यस कुरामाथि विचार गर्नुपर्छ कि यस्तो राजनीतिको के परिणाम हुनसक्छ जसमा आरोपहरूलाई लगातार प्रचारित तथा बढ़ाई-चढ़ाई पेश गरिन्छ तथा कुनै व्यक्तिको वर्षौंको प्रतिष्ठालाई कठघरामा उभ्याइन्छ।

अभिषेक ब्यानर्जीले भने, आज कथित दुष्प्रचार गरिरहेका मानिसहरू आफ्नो शब्द अनि कार्यहरूको मानवीय परिणामको बारेमा एकपटक घोत्लिनुपर्छ। उनले भने, राजनीतिक सङ्घर्ष आउँछ-जान्छ, तर एकपटक कुनै व्यक्तिको ज्यान गयो भने त्यसलाई फर्काएर कहिल्यै ल्याउन

सकिँदैन।

उनले भने, बङ्गालले आफ्नो एकजना इमानदार र आदर्शवादी जनसेवकलाई गुमाएको छ। अभिषेकले आशिष ब्यानर्जीका परिवार, पूर्व विद्यार्थी, समर्थक औ शुभचिन्तकहरूप्रति गहिरी संवेदना व्यक्त गर्दै उनीहरूलाई यस असहनीय दुःखलाई सहन गर्ने शक्ति प्रदान गरून् भनी ईश्वरसित प्रार्थना गरे।

आफ्नो सन्देशको अन्तमा उनले लेखे- “ॐ शान्ति।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande