आशिष ब्यानर्जीको असामान्य मृत्युलाई मुख्यमन्त्री शुभेन्दुले बताए दुर्भाग्यपूर्ण
आशिष ब्यानर्जीको असामान्य मृत्युलाई मुख्यमन्त्री शुभेन्दुले बताए दुर्भाग्यपूर्ण


हावड़ा, 16 अगस्त (हि.स.)। विधानसभाका पूर्व उपाध्यक्ष औ वरिष्ठ तृणमूल कङ्ग्रेस नेता आशिष ब्यानर्जीको असामान्य मृत्युमाथि मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुःख व्यक्त गरेका छन्। आइतवार नवान्न सभागृहमा आयोजित पत्रकार वार्तामा मुख्यमन्त्रीले भने, यो एक दुर्भाग्यपूर्ण घटना हो।

मुख्यमन्त्रीले भने, केही समयअघि मात्र मैले उनको परिवारसित बातचित गरेको थिएँ। उनी एकजना कुशल राजनीतिक नेता थिए। उनको निर्वाचन क्षेत्रबाट निर्वाचित भाजपा विधायक उनलाई भेट्न गएका थिए साथै उनको तखुट्टा छोएर प्रणाम गरेका थिए।उनको परिवारका सदस्यहरूले बताएका छन्, स्थानीय भाजपा कार्यकर्ता अनि पुलिससित पनि उनको सम्बन्ध राम्रो थियो।

मुख्यमन्त्रीले भने, आशिष ब्यानर्जीसित उनको पनि सम्बन्ध राम्रै थियो। उनले बताए, मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपछि आशिषले उनलाई सन्देश पठाएर भेट गर्ने इच्छा व्यक्त गरेका थिए।

उनले भने, उनले परिवारलाई पुलिसलाई सहयोग गर्ने आग्रह गरेका छन्। साथै उनको फोनमा भएको बातचितको अभिलेखहरूको पनि जाँच गरिनुपर्छ।

मुख्यमन्त्री अनुसार चुनाउमा ममता ब्यानर्जी परास्त भएपछि एउटा समिति गठन गरिएको थियो जुन समितिबाट आशिषले तत्काल राजीनामा दिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande