
पश्चिम मेदिनीपुर, 16 अगस्त (हि.स.)। जिल्लाको चन्नद्रकोना रोड थाना अन्तर्गत आँधार नयन क्षेत्रमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित विद्यालयको शोभायात्रा तथा सांस्कृतिक कार्यक्रममा सामेल हुने इच्छा पूराा नभएकोमा पाँचौ कक्षाकी एकजना छात्राको संदिग्ध परिस्थितिमा मृत्युु भयो। मृत छात्राको पहिचान 11 वर्षीय अङ्किता हेम्ब्रमको रूपमा भएको छ जो आँधार नयन विद्यालयमा पाँचौं कक्षाकी छात्रा थिई।
परिवार अनुसार स्वतन्त्रता दिवसको अवसरमा विद्यालयमा शोभायात्रा अनि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। अङ्किता पनि यसमा सामेल हुन चाहन्थी। यसको लागि उसले चूड़ी, आभूषण औ पोशाक खरिद गर्ने इच्छा व्यक्त गरेकी थिई। परिवार अनुसार अङ्किताले आफ्नी आमासित उक्त सामान खरिद गरिदिने आग्रह गरेकी थिई। आमाले उसलाई भनेकी थिई, पिता घर फर्किएपछि उसको इच्छा पूरा गरिनेछ। त्यसपछि अङ्किता आफ्नो कोठामा गएर भित्रबाट ढोका बन्द गरी। लामो समयसम्म ढोका नखोलेपछि परिवारलाई शङ्का लाग्यो। त्यसपछि कोठामा अङ्किताको शव झुण्डिरहेको अवस्थामा भेटियो।
घटनाको जानकारी फैलिएपछि क्षेत्रमा शोक व्याप्त भएको छ। शनिवार राती अङ्किताका पिता विश्वनाथ हेम्ब्रेमले बताए, विद्यालयमा स्वतन्त्रता दिवसको अवसरमा शोभायात्रा आयोजना गरिएको थियो। त्यसमा सामेल हुनका लागि छोरीले कपड़ा तथा अन्य सामानहरू खरिद गर्ने इच्छा व्यक्त गरेकी थिई। आमाले पिता आएपछि सामान खरिद गर्ने कुरा गरेकी थिई। त्यसपछि यो घटना भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा