
गुवाहाटी, 16 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार महान आध्यात्मिक गुरु एवं दार्शनिक श्रीरामकृष्ण परमहंसको पुण्यतिथिमा उनलाई गहिरो श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, माँ कालीका परम भक्त श्रीश्री रामकृष्ण परमहंसले मानव सेवाको माध्यमबाट ईश्वरको सेवा गर्ने मूलमन्त्र दिए। उनको आध्यात्मिक शिक्षा तथा जीवन दर्शनले करोड़ौं मानिसहरूलाई सत्य, प्रेम, सहानुभूति एवं सेवाको मार्गमा अग्रसर हुनका लागि प्रेरित गर्दछ।
डा. सरमाले श्रीरामकृष्ण परमहंसको आध्यात्मिक योगदानलाई स्मरण गर्दै उनीप्रति आफ्नो श्रद्धा व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा