
गुवाहाटी, 16 अगस्त (हि.स.)। धेमाजीमा पछिल्लो 15 अगस्त, 2004-मा मनाइएको स्वतन्त्रता दिवस कार्यक्रममा आतङ्कवादीहरूद्वारा गरिएको बम विस्फोटमा ज्यान गुमाउने निर्दोष बाल-बालिका तथा अन्य मानिसहरूको स्मरणमा आज असम पुलिस मुख्यालयमा 'शोक दिवस' मनाइयो। पुलिसका वरिष्ठ अधिकारीगण, विभिन्न वर्गका कर्मचारीहरू तथा पुलिसकर्मीहरू यसमा सामेल भए।
यस शोक दिवसको अवसरमा समाजमा शान्ति, सामाजिक-व्यवस्था औ सबै वर्गका मानिसहरूमाझ आपसी बुझाईलाई बढ़ाउनको लागि काम गर्नको साथै मानव जीवन र मूल्यको रक्षा गर्ने तथा नकारात्मक शक्तिहरूको विरोधमा सङ्घर्ष गर्ने शपथ लिइयो। शपथ पाठ पुलिस उप-महानिरीक्षक (प्रशासन) प्रणव ज्योति गोस्वामीले गरे।
ज्ञात रहोस्, अदालतका दस्तावेजहरूमा मृतकहरूको सङ्ख्या 13 बताइएको छ जसमा 10 जना स्कूलका विद्यार्थीहरू अनि 3 जना महिलाहरू सामेल छन्। यस घटनामा 40 जनाभन्दा अधिक मानिसहरू घाइते भएका थिए। यस घटनाको स्मरमणा असम पुलिसले प्रत्येक वर्ष 16 अगस्तमा शोक दिवस पालन गर्छ।शोक दिवसको आयोजन असम पुलिस मुख्यालय एवं जिल्ला पुलिस मुख्यालयमा गरिएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा