
कोलकाता, 16 अगस्त (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आइतवार पूर्व प्रधानमन्त्री तथा भारत रत्न अटल बिहारी वाजयेपीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरे। उनले सामाजिक सञ्जालको माध्यमबाट पोस्ट गरी वाजयेपीको राजनीतिक जीवन, दूरदर्शी नेतृत्व एवं राष्ट्रप्रति उनको योगदानलाई स्मरण गरे।
शुभेन्दु अधिकारीले आफ्नो ट्वीटमा भने, उनी महान राजनेता, दूरदर्शी नेता औ पूर्व प्रधानमन्त्री भारत रत्न अटल बिहारी वाजपेयीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गर्दछन्।
उनले भने, अटल बिहारी वाजपेयी भारतीय राजनीतिका यस्ता दिग्गज थिए जसले आफ्नो लामो सार्वजनिक जीवनमा देश सेवा, समर्पण औ असाधारण राजनीतिक कौशलको उदाहरण पेश गरे। उनी एकजना संवेदनशील कवि र असाधारण वक्ता समेत थिए। उनको नेतृत्व तथा दूरदर्शिताले मजबुत एवं आत्मनिर्भर भारतको जगलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गऱ्यो।
शुभेन्दु अधिकारीले भने, अटल बिहारी वाजपेयीको गहिरो आदर्श र उनको प्रेरणादायी धरोहरले आज पनि देशवासीहरूलाई मार्गदर्शन गर्छ। उनको जीवनले राष्ट्रसेवा, लोकतान्त्रिक मूल्य एवं जनकल्याणप्रति समर्पित रहने प्रेरणा दिन्छ।
उनले अटल बिहारी वाजपेयीका विचार अनि आदर्शहरूलाई स्मरण गर्दै भने, उनको धरोहरले भावी पिँढ़ीहरूलाई पनि देशको लागि समर्पित भएर कार्य गर्ने प्रेरणा दिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा