
गुवाहाटी, 16 अगस्त (हि.स.)। असम भाजपाका प्रदेश अध्यक्ष दिलीप सैकियाले आइतवार भने, नगाउँ उपचुनाउको लागि अधिसूचना यसै महिनाक अन्तस्ममा जारी हुने सम्भावना छ। सौकियाले आइतवार एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
सैकियाले भने, भाजपाले चुनाउमा यस्ता उम्मेद्वारलाई मैदानमा उतार्नेछ जसले उपयुक्त, लोकप्रिय औ जित्ने क्षमता राख्छन्। उनले स्वीकार गरे, उपचुनाउ पार्टीको लागि चुनौतीपूर्ण हुनेछ, तर भाजपाले जित्ने लक्ष्य बोकेर चुनाउ लड़्नेछ। उनले भने, परिसीमनपछि नगाउँ लोकसभा क्षेत्रको जनसाङ्ख्यिकीमा केही फेरबदल भएको छ।
दिलीप सैकियाले विश्वास व्यक्त गरे, विकासको हितमा नगाउँ लोकसभा क्षेत्रका जनता भाजपालाई सहयोग र समर्थन गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा