पूर्व विधायक सुजय हाजराको मेदिनीपुरस्थित घरमा पुग्यो सीआईडीको टीम
पूर्व विधायक सुजय हाजराको मेदिनीपुरस्थित घरमा पुग्यो सीआईडीको टीम


पश्चिम मेदिनीपुर, 16 अगस्त (हि. स.)। जिल्लाको डेबरामा नोकरी दिलाउने नाममा कथित आर्थिक धोकाधड़ी गरेको मामिलामा सीआईडीको जाँच तीव्र भएको छ। यस मामिलामा सीआईडीको हिरासतमा रहेका मेदिनीपुरका पूर्व तृणमूल विधायक सुजय हाजरालाई आइतवार उनको मेदिनीपुरस्थित घरमा लगियो जहाँ जाँच अधिकारीहरूले मामिलासित सम्बन्धित तथ्य तथा दस्तावेजहरूको जाँच गरे।

प्राप्त जानकारी अनुसार आइतवार अपरान्ह लगभग 01 बजेर 25 मिनटमा सीआईडीको जाँच टीम भारी पुलिस बलको साथमा सुजय हाजराको घरमा पुग्यो। त्यसपछि अधिकारीहरूले घरभित्रका विभिन्न जानकारी तथा दस्तावेजहरूको जाँच गरे।

सूत्र अनुसार यस मामिलामा गए शनिवार सीआईडी अधिकारीहरूले सुजय हाजरा र सुमित रायलाई सँगै बसाेर जाँचबुझ गरेका थिए। यस अवधि दुवैको बयानमा कुनैै प्रकारको विसङ्गति छ कि छैन तथा आर्थिक लेनदेनसित सम्बन्धित मामिलामा अन्य को-को सामेल छ, त्यसको जाँच गरिरहेको छ। त्यसपछि आइतवार सुजय हाजरालाई उनको मेदिनीपुरस्थित घरमा लगेर जाँच गरियो।

भनिन्छ, जाँच अधिकारीहरूले मामिलासित सम्बन्धित आवश्यक जानकारी तथा सम्भावित दस्तावेजहरूलाई लिएर जाँच गरिरहेका छन्।

डेबरामा नोकरी दिलाउने नाममा आर्थिक लेनदेन औ कथित धोकाधड़ी भएको सिकायतको आधारमा सीआईडीले यस मामिलाको जाँच गरिरहेको छ। जाँचमा अहिलेसम्म हात लागेको तथ्य तथा आरोपहरूको श्रृङ्खलालाई जोड़्ने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande