नगाउँमा कङ्ग्रेसले मुस्लिम उम्मेद्वारलाई उतार्न सक्दैन: बदरुद्दीन अजमल
नगाउँमा कङ्ग्रेसले मुस्लिम उम्मेद्वारलाई उतार्न सक्दैन: बदरुद्दीन अजमल


नगाउँ (असम), 16 अगस्त (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ) प्रमुख बदरुद्दीन अजमलले दाबी गरेका छन्, कङ्ग्रेसले नगाउँ लोकसभा सीटमा हुन गइरहेको उपचुनाउमा मुस्लिम उम्मेद्वारलाई टिकट दिन सक्दैन। उनले भने,यदि कङ्ग्रेसले मुस्लिम उम्मेद्वारलाई टिकट दियो भने कङ्ग्रेस पार्टीमा विभाजन आउनेछ।

अजमलले आगामी नगाउँ उपचुनाउलाई लिएर कङ्ग्रेसको सम्भावित रणनीतिमाथि प्रतिक्रिया व्यक्त गर्दै उक्त बयान दिएका हुन्। उनको बयानपछि नगाउँ उपचुनाउमा उम्मेद्वार चयनलाई लिएर राजनीतिक चर्चा तीव्र भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande