
नदिया, 16 अगस्त (हि.स.)। नदिया जिल्लामा उपद्रवीहरूले कङ्ग्रेस नेता र उनको छोराको गोली दागी हत्या गरियो। मृतकहरूको पहिचान कङ्ग्रेस नेता अनिसुर रहमान र उनका छोरा अबु सूफियान (24)- को रूपमा भएको छ। घटना गए शनिवार राती नौ बजे नकाशीपाड़ा थाना अन्तर्गत बेथुआडहारी रेलवे गेट नजिक भएको हो।
पुलिस सूत्र अनुसार अनिसुर रहमान आफ्नो छोरासित कार मार्फत घर फर्किरहेका थिे। यसै अवधि केही उपद्रवीहरूले उनीहरूको कारलाई बाटोमा रोके। आरोप छ, उपद्रवीहरूले पहिला कारमा कैयौं राउण्ड गोली चलाए, त्यसपछि कारलाई रोकेर पिता-पुत्रमाथि धारिलो हतियारले हमला गरे। हमलामा दुवै पिता-पुत्र घाइते भएर मुर्छित परे। अत्यधिक रक्तश्रावको कारणले उनीहरूको घटनास्थलमै मृत्यु भयो।
घटनाको सूचना पाएर नकाशीपाड़ा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि दुवै शवलाई कब्जामा लिएर जाँच शुरू गऱ्यो।
पुलिस यो थाहा ग र्न जुटेको छ कि हत्याको पछाड़ि को-को लुकेको छ र घटनाको उद्देश्य के थियो। घटनास्थल वरिपरीका सीसीटीभी फुटेजको जाँच गरिँदैछ। पुलिसले ह मलाकारीहरूलाई चिन्हित गरी पक्राु ग र्नको लागि द्रूत गतिमा अभियान सञ्चालन गरिरहेको छ।
घटनापछि क्षेत्रमा तनाउ अनि सन्त्राष फैलिएको छ। पुलिसले मामिलाको सबै पाटो र पक्षहरूको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा