
गुवाहाटी, 16 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार पूर्व प्रधानमन्त्री तथा भारत रत्न अटल बिहारी वाजपेयीको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्टको माध्यमबाट वाजपेयीलाई भारतीय जनता पार्टीका परम पूज्य नेता औ महान राष्ट्रनायक बताउँदै उनलाई श्रद्धापूर्वक स्मरण गरे।
डा. सरमाले भने, राष्ट्रसेवाप्रति अटल बिहारी वाजपेयीको अटुट निष्ठा, समर्पण, दूरदर्शी नेतृत्व औ लोकतान्त्रिक मूल्यहरूले भारतीय राजनीतिको इतिहासमा एउटा अनौठो अध्याय रच्यो। उनले भने, भारतीय राजनीतिका सबैभन्दा लोकप्रिय औ महान नेताहरूमा सामेल वाजपेयीको विचार, आदर्श औ देशभक्तिले सदैव देशहितमा निष्ठापूर्वक कार्य गर्नको लागि प्रेरित गरिरहनेछ।
मुख्यमन्त्रीले भने, अटल बिहारी वाजपेयीको महान आदर्श औ अमूल्य योगदानले युगौं-युगसम्म प्रत्येक स्वाभिमानी भारतीयलाई प्रेरित गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा