
सिलगढ़ी, 16 अगस्त (हि.स.)। एनजेपीकोनेताजी मोड़क्षेत्रमा आइतवार भएको सड़क दुर्घटनामा एकजना बुजुर्ग महिलाको मृत्यु भयो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो।
स्थानीय सूत्रअनुसारबुजुर्ग महिलालेसड़क पारगरिरहेकी थिई। यसै अवधि एउटा तेलको ट्याङ्करले उसलाई ठक्कर दियो जसले गर्दा उ सड़कमा लड़ी, त्यसपछि ट्याङ्करको चक्का उमाथि चढ़्यो।यस घटनामा बुजुर्ग महिला गम्भीर रूपमा घाइते भई। घटनाको सूचना पाए लगत्तै एनजेपी थानाकोपुलिसघटनास्थलमा पुग्यो। पुलिसले गम्भीर अवस्थामा घाइते महिलालाई उत्तर बङ्गाल मेडिकल कलेजएवंअस्पतालमा पुऱ्यायो जहाँ ड्यूटीमा तैनाथ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। दुर्घटनापछि क्षेत्रमा तनाउ व्याप्त भयो। तथापि पुलिसले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रित गऱ्यो। पुलिसले दुर्घटनामा सामेल तेल ट्याङ्करलाई जफत गरी थानामा पुऱ्यायो।हाल मृतकको पहिचान खोलिन सकेको छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा