
बीरभूम, 16 अगस्त (हि. स.)। पाँच पटकसम्म विधायक रहेका आशिष ब्यानर्जीको अस्वाभाविक मृत्युको उचित जाँच गर्ने माग बोलपुरका सांसद असित मालले गरेका छन्। ‘राजनीतिक गुरु’ आशिष ब्यानर्जीको निधनमा शोक व्यक्त गर्दै असित मालले भने, बाल्यकालदेखि नै आशिष दालाई राजनीतिक गुरूको रूपमा देख्दै आएका छौं। उनीबाट भिन्न-भिन्न समय उनीबाट केही महत्वपूर्ण सल्लाह लिँदै आएका छन्। म मात्र होइन, सारा राज्यमै उनको स्वच्छ छवि रहेको थियो। पुलिसले उनको मृत्युको कारण पत्तो लगाउन उचित ढङ्गमा जाँच गर्नुपर्छ।
तृणमूल कङ्ग्रेसका सांसद सामिरुल इस्लामले भने, आशिष बीरभूमका अत्यन्त इमानदार र उच्च शिक्षित व्यक्ति थिए। उनीबाट प्रेरित भएर धेरै जना राजनीतिमा आएका छन्। यो बीरभूमको मात्र होइन, सारा पश्चिम बङ्गालको लागि अपूरणीय क्षति हो। सुसाइड नोटको आधारमा जाँच हुनुपर्छ। उनी पाँच पटकसम्म विधायक तथा पूर्व सरकारी अधिकारी समेत थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा