ओडिशादेखि फतेहाबादसम्म नशा सल्पाई गर्ने आमा-छोरी पक्राउ
ओडिशादेखि फतेहाबादसम्म नशा सल्पाई गर्ने आमा-छोरी पक्राउ


फतेहाबाद, 16 अगस्त (हि.स.)। एन्टी नारकोटिक्स सेल फतेहाबादको टीमले सक्रियता देखाउँदै हिसार-सिरसा बाइपासमा आमा-छोरीको ड्रग नेटवर्कको खुल्सा गरेको छ। पुलिसले दुवैको कब्जाबाट 23 किलो 945 ग्राम गाँजा जफत गरी उनीहरूलाई पक्राउ गरेको छ। यी दुई महिला तस्करहरूको पहिचान रानी पत्नी कपूर चन्द र उसकी छोरी पुनम रानीको रूपमा भएको छ। दुवै वार्ड नम्बर 15, ढाणी रतियाकी निवासी हुन्।

आइतवार एएनसी सेल फतेहाबादका प्रभारी उपनिरीक्षक वेदपालले मामिलाको खुलासा गर्दै बताए, पुलिस टीम नशालु पदार्थहरूको रोकथाम अभियान अन्तर्गत नयाँ बसअड्डा फतेहाबादको छेउमा सक्रिय भएको थि। यसै अवधि सूचना प्राप्त भयो, रानी र उसकी छोरी पुनम रानीले ओडिशाबाट प्रचुर मात्रामा गाँचा मगाएर फतेहाबाद र रतिया क्षेत्रमा सप्लाई गर्छन्। सूचना अनुसार दुवै आमा-छोरी एनएच-नौ हिसार-सिरसा बाइपासमा चालकहरूको विश्राम क्षेत्र नजिक रतिया जानको लागि कुनै वाहनको प्रतीक्षामा उभिएका थिए।

सूचनालाई गम्भीर रूपमा लिएर एएनसीको टीमले अलिकति पनि समय नगुमाई घटनास्थलमा पुग्यो अनि चारैतिरबाट घेराबन्दी गरेर आमा-छोरीलाई समात्यो। नियमानुसार उनीहरूसित रहेको एउटा सेतो रङ्गको प्लास्टिकको बोराको जाँच गर्दै त्यसभित्र प्रचुर मात्रामा गाँजा भेटियो। गाँजाको वजन 23.945 किलोग्राम पाइयो जसलाई पुलिसले तत्कालै सील गरेर कब्जामा लियो। यस सम्बन्धमा थाना सदर फतेहाबादमा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ।

एएनसी प्रभारीले बताए, दुवै आरोपीसित जाँचबुझ गरेर यो पत्तो लगाउने प्रयास गरिँदैछ कि ओडिशामा उनीहरूको सम्पर्क कुनै नशा तस्करहरूक ग्याङ्गसित छ र उनीहरूले स्थानीय स्तरमा कसलाी माल डिलीभरी गरिरहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande