सड़क दुर्घटनामा महिलाको मृत्यु, तीन जना घाइते
सड़क दुर्घटनामा महिलाको मृत्यु, तीन जना घाइते


उदालगुरी (असम), 16 अगस्त (हिस.)। उदालगुरी जिल्लाको पानेरी क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना महिलाको घटनास्थलमै मृत्यु भयो। यस घटनामा अन्य तीन जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन् जसलाई अस्पतालमा भर्ती गरिएको छ।

पुलिसले आइतवार बतायो, जिल्लाको पानेरी क्षेत्रमा द्रूत गतिमा गुड़िरहेको कार अनियन्त्रित भएर पुलको रेलिङ्गसित ठोक्कियो। यस घटनामा कारमा सवार एकजना महिलाको घटनास्थलमै मृत्यु भयो भने अन्य तीन जना घाइते भए।

मृत महिलाको पहिचान पूजा देवी उपनाम नीलक्षी देवी (30)- को रूपमा गरिएको छ। कार सवार परिवारका अन्य घाइते सदस्यहरू क्रमैले विद्युत विकास शर्मा, मिताली देवी (29) औ दिव्यश्री बरठाकुर (04)-लाई उपचारको निम्ति अस्प्तालमा भर्ती गरिएको छ।

घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिस टीमले मृत महिलाको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएकोछ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande