
बरपेटा (असम), 16 अगस्त (हि.स.)। बरपेटा जिल्लाको निरलास क्षेत्रमा एकजना 6 वर्षीय बालिकाको पानीमा डुबेर मृत्यु भयो। पुलिसले आइतवार बतायो, जिल्लाको निरलास क्षेत्रमा आफ्ना समकालीन बाल-बालिकाहरूसित नुहाउने क्रममा बालिकाको डुबेर मृत्यु भयो।
घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले स्थानीय मानिसहरूको सहयोगमा पानीमा डुबेकी बालिकालाई लगभग तीन घण्टापछि बाहिर निकाल्यो। तर त्यसबेलासम्ममा बालिकाको मृत्यु भइसकेको थियो।
मृत बालिकाको पहिचान अस्मिता खातूनको रूपमा गरिएको छ। पुलिसले बालिकाको शवलाई आफ्नो कब्जामा लिएर पोस्टर्मटम गर्नको लागि बरपेटा मेडिकल कलेज एण्ड अस्पतालमा पठाइदिएको छ। पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी ममिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा