‘पिङ्क टिकट’ निःशुल्क यात्रा 31 अगस्तसम्म बढ़्यो, 1 सेप्टेम्बरदेखि 'पिङ्क सहेली स्मार्ट कार्ड' हुनेछ अनिवार्य
‘पिङ्क टिकट’ निःशुल्क यात्रा 31 अगस्तसम्म बढ़्यो, 1 सेप्टेम्बरदेखि 'पिङ्क सहेली स्मार्ट कार्ड' हुनेछ अनिवार्य


नयाँ दिल्ली, 16 अगस्त (हि.स.)। दिल्ली सरकारले अहिलेसम्म पिङ्क कार्ड बनाउन नसकेका महिला यात्रीहरूलाई ठूलो राहत दिँदै दिल्ली परिवहन निगम (डीटीसी)-का बसहरूमा निःशुल्क यात्राको लागि पेपर-बेस्ड पिङ्क टिकटको वर्तमान व्यवस्थालाई आगामी 31 अगस्तसम्मको लागि बढ़ाइदिएको छ। अब 1 सेप्टेम्बर, 2026-देखि बसहरूमा निःशुल्क यात्रा सुविधाको लाभ उठाउनको लागि 'पिङ्क सहेली स्मार्ट कार्ड' (एनसीएमसी) अनिवार्य हुनेछ। पहिला 15 अगस्तलाई पिङ्क टिकट व्यवस्थाको अन्तिम तारिक तोकिएको थियो।

दिल्ली सरकारले यो फसेला आगामी चाड़-पर्वहरूलाई मध्यनजर गर्दै गर्दै ग रेको हो ताकि चाड़हरूमा अधिक भीड़ हुँदा महिला यात्रीहरूले कुनै किसिनको समस्या बिनै यात्रा गर्न सकुन्। अनिवार्य समय-सीमालाई बढ़ाउनाले पात्र महिला यात्रीहरूलाई आफ्नो 'पिङ्क सहेली स्मार्ट कार्ड' बनाउनको लागि अतिरिक्त समय पनि प्राप्त हुनेछ।

परिवहन मन्त्री डा. पङ्कज कुमार सिंहले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै भने, चाड़-पर्वहरूलाई केन्द्र गर्दै विशेष गरी रक्षाबन्धन एउटा यस्तो समय हो जतिबेला हाम्रा आमा तथा दिदी-बहिनीहरू आफ्नो परिवारसित भेट गर्नका लागि यात्रा गर्दछन्। उनीहरूको सुविधालाई ध्यानमा राख्दै हाम्रो सरकारले वर्तमान व्यवस्थालाई आगामी 31 अगस्तमसम्मको लागि बढ़ाउने फसेला लिएको हो।

नयाँ व्यवस्था अनुसार पात्र महिला यात्रीले आगामी 31 अगस्तसम्म पेपर-आधारित 'पिंङ्क टिकट'- को उपयोग गरेर बसहरूमा निःशुल्क यात्रा गर्न सक्नेछन्। आगामी 01 सेप्टेम्बर, 2026-देखि निःशुल्क यात्राको सुविधा वैध 'पिङ्क सहेली स्मार्ट कार्ड' -को माध्यमबाट मात्र उपलब्ध हुनेछ। राजधानी दिल्लीमा अहिलेसम्ममा 18 लाख 13 हजार 866 'पिङ्क सहेली स्मार्ट कार्ड' जारी गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande