
गान्तोक, 16 अगस्त (हि.स.)। ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम (बास) ले आफ्ना उपाध्यक्ष तथा अतिरिक्त पुलिस अधीक्षक (एएसपी) सोनाम वाङ्दी भोटियालाई प्रशंसनीय सेवाका लागि राष्ट्रपति पदक (पुलिस) २०२६ प्रदान गरिएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ।
बासका अध्यक्ष जेकब खालिङले एक प्रेस विज्ञप्तिमार्फत भोटियालाई बधाई दिँदै उक्त प्रतिष्ठित सम्मान उनको उत्कृष्ट व्यावसायिकता, समर्पण तथा कर्तव्यप्रतिको अटल प्रतिबद्धताको सम्मान रहेको बताएका छन्।
उनले एएसपी भोटियाको अनुकरणीय सेवाले राज्यका जनताको सुरक्षा तथा कल्याणप्रति उनको दृढ़ प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उल्लेख गर्दै यस सम्मानले सम्पूर्ण सिक्किमलाई गौरवान्वित बनाएको बताएका छन्।
अध्यक्ष खालिङले यो उपलब्धि ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम तथा सम्पूर्ण ब्याडमिन्टन समुदायका लागि पनि गर्वको विषय भएको बताए। बाससँग यस्ता समर्पित र प्रतिष्ठित पुलिस अधिकारी आबद्ध हुनु संस्थाका लागि सम्मानको कुरा रहेको उनले उल्लेख गरे।
उनले भोटियालाई हार्दिक बधाई दिँदै आगामी दिनमा निरन्तर सफलता तथा थप उपलब्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल