
गुवाहाटी, 16 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई कथित रूपमा ज्यानमारा धम्की दिएको मामिलामा पुलिसले थप तीन जना मानिसहरूलाई हिरासतमा लिएको छ।
पुलिसले अब्दुल मोतलेबका पिता अब्दुल खालिक, उसको दाज्यु अबु तालिब तथा रशिदुल इस्लामलाई बरालीमारीबाट जाँचबुझको निम्ति हिरासतमा लिएको छ।
यस मामिलामा यसअघि मोरीगाउँ पुलिसले अब्दुल मोतलेबलाई पक्राउ गरेको थियो। आरोप छ, मोतलेबले मुख्यमन्त्रीको फेसबुक लाइभमा उनको हत्या गर्ने धम्की दिएको थियो।
भनिन्छ, मोतलेबले कथित रूपमा एक करोड़ रुपियाँ दिए मुख्यमन्त्रीको हत्या गर्ने धम्की दिएको थियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ। साथै हिरासतमा लिइएका तीनै जनासित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा