
लखिमपुर (असम), 16 अगस्त (हि.स.)। असमको नारायणपुरमा राष्ट्रिय राजमार्ग-15 मा भएको भीषण सड़क दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भयो।
पुलिसद्वारा आज दिइएको जानकारी अनुसार एउटै दिशामा गइरहेका तीन वटा मालवाहक ट्रकहरू आपस्तमा ठोक्किए। यस घटनामा एएस 31 सी 1157 नम्बरधारी ट्रक चालक र खलासीको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि दुई वटा ट्रक पूर्ण रूपमा जलेर खरानीमा परिणत भयो। मृतकहरूको पहिचानको सम्बन्धमा विस्तृत जानकारीको प्रतीक्षा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा